१५ बैशाख २०८१, शनिबार
Header

बामदेवलाई डेंगुको आशंका


प्रकाशित: मंगलवार, २४ भाद्र २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नेकपा नेता बामदेव गौतमलाई डेंगुको आशंका गरिएको छ ।

 
गौतमलाई केही दिन लगातार ज्वारो आएपछि उनी सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा जचाउन गएका थिए ।


रगत परिक्षणको रिपोर्ट आएपछि डेंगु भए नभएको थाहा हुने छ । गौतमलाई  डेंगी भएको हुन सक्ने आशंका गरिएको छ ।


भैंसेपाटीस्थित निवासमा आराम गरिरहेका गौतम चिकित्सकको निगरानीमा रहेका छन । 


पछिल्लो समय राजधानीमा डेंगुको संक्रमण उच्च रहेको छ । यस अघि कृषी मन्त्री चक्रपाणी खनाललाई पनि डेंगु संक्रमति भएका थिए ।

 
त्यसैगरी  तिलगंगा आँखा केन्द्रका निर्देशक डाक्टर सन्दुक रूइत, गण्डकी प्रदेशका नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीलाई डेंगी भएको थियो ।


यो रोगले छ जनाको ज्यान गइसकेको छ भने ४ हजारभन्दा बढी बिरामी रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD