काठमाडौं । आमा नभएको मौका पारी वागमती किनारको सुकुम्बासी बस्तीमा एक व्यक्तिले दुई सौतेलो छोराको हत्या गरेका छन् ।
सौतेला बाबु दिलीप यादवले छोराहरु ८ वर्षीय सुजल र ६ वर्षीय सुजनको हत्या गरी फरार भएको प्रहरीले वताएको छ ।
प्रहरीको अनुसार यादवले छोराहरु सुजल र सुजनका हत्या गरी शव कोठामै लुकाएर राखेको अवस्थामा फेला पारेको हो ।
सुजन र सुजलकी आमा दशैं अघिदेखि दिलीपसँग बस्दै दिलीपले पिट्ने गरेका कारण सँगै बस्न डराउथेँ तर करिव एक महिनादेखि आमा बेपत्ता भएपछि दिलीपले दुबै छोराको हत्या गरेका हुन् ।
बालकका हजुरआमाले नातीहरु हराएको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएपछि प्रहरीले खोजविन कार्य गर्दा घट्ना बाहिर आएको हो ।
Categorized in राष्ट्रिय