काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टी(नेसपा) अध्यक्ष बाबुराम भट्टराईविच एकता हुने भएको छ ।
शनिबार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भएको छलफलपछि पार्टीको एकता छिटो कुरा चलेको थियो ।
माओवादीले यो छलफल लगत्तै बृहत बाम एकताको लागि कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्य वार्ता टोली बनाएको छ ।
पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा। बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् । भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए ।
नेसपाले ४ मंसिरको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो । नेसपाले आईततवार बोलाएको राजनीतिक समितिको बैठकले पार्टी एकतासम्बन्धी वार्ताका लागि टोली बनाउने छ ।
Categorized in राष्ट्रिय