काठमाडौं । रोल्पाकी एक किशोरी आमाको मृत्यु पश्चात आफ्नै बाबुवाट लगातार बलात्कृत हुँदै आएकी छिन ।
रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले प्रहरीलाई बताएकी छिन् ।
बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा किशोरीले घट्ना विवरण आफन्तलाई सुनाएका थिए । बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता सुदर्शन पन्थीले बताए ।
Categorized in समाज