२४ आश्विन २०८३, शनिबार
Header

बानेश्वरमा शिक्षक र प्रहरी विच झडप, केही घाइते


प्रकाशित: आइतवार, १४ बैशाख २०८२, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । बानेश्वरस्थित आन्दोलनरत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको छ ।


बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप हुँदा १५ जना घाइते भएको बुझिएको छ ।  


आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । शिक्षक महासंघ महासचिव तुलाबहादुर थापाले गम्भीर घाइते भएकालाई ट्रमामा लैजान लागिएको बताए ।


प्रहरीले आन्दोलनरत शिक्षकहरुमाथि पानीको फोहोरा फालेर भिडलाई तितर वितर पारेको अवस्था छ । 


गत २० चैतदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex