८ बैशाख २०८१, शनिबार
Header

बानेश्वरमा डा. जोशीलाई ठक्कर दिने बस रामेछापमा भेटियो


प्रकाशित: मंगलवार, १० मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । बानेश्वरमा सिभिल अस्पतालका डाक्टर प्रभु जोशीलाई ठक्कर दिएको भागेको बस रामेछापमा भेटिएको छ । 


काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार रोमछापबाट बा४ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


चालकको पहिचान प्रहरीले नखुलाएपनि सीसी टीभी फुटेजको क्लिप अनुसार डाक्टरसँग उक्त बस क्रस भएको देखिएको मंगलवार अनलाईन खवर डटकममा प्रकाशित समाचारमा प्रहरीले बताएको छ । 


प्रहरीले भने बस्तुस्थितिले उनकै गाडी घटनामा संलग्न भएको देखिने प्रहरीको दावी रहेको छ । 

 

आईतबार विहान मर्निङ वाकमा हिँडेको डाक्टर जोशीलाई संसद भवनको दक्षिण गेट अगाडि ठक्कर दिएको थियो । जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृत्यु भएको थियो।


प्रहरीका अनुसार घटना हुँदा बिहान करिब ६ बजेको समय बताईएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD