१४ बैशाख २०८१, शुक्रबार
Header

बानेश्वरमा डाक्टर जोशीलाई ठक्कर दिने गाडी भेटिएन


प्रकाशित: आईतबार ८ मंसिर २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । आईतबार विहान मर्निङ वाकमा हिँडेको डाक्टर प्रभु जोशीलाई ठक्कर दिएर फरार भएका गाडीलाई प्रहरीले फेला पार्न सकेको छैन ।


बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत ७२ वर्षीय डाक्टर जोशी उक्त गाडीको ठक्करबाट घट्नस्थलमै मृत्यु भएको १२ घण्टा वितिसक्दा पनि गाडीको अत्तोपत्तो छैन । 


प्रहरीले सिसिटिभी स्कान गरेर गाडीको अकार ठुलो भएको पत्ता लगाएपनि नम्बर भने नदेखिएको बताएको छ । झिसमिसे विहान भएकोले सिसिटिभी फुजेटमा स्पस्ष्ट रुपमा गाडीको नम्बर नदेखिएको प्रहरीले बताएको छ । 


उक्त गाडीले डाक्टर जोशीलाई संसद भवनको दक्षिण गेट अगाडि ठक्कर दिएको थियो । जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृत्यु भएको थियो।


प्रहरीका अनुसार घटना हुँदा बिहान करिब ६ बजेको समय बताईएको छ । कोटेश्वर ट्राफिकले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD