काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी पर्कि«ङको लागि बनेको अन्डरग्राउण्ड क्षेत्रमा सञ्चालित पसल हटाउन सुरु गरेको छ ।
सोमबारबाट महानगरले बानेश्वर क्षेत्रबाट त्यस किसिमको अन्डरग्राउण्डमा सञ्चालित पसल हटाउन सुरु गरेको महानगरपालिकाले जनाएको छ ।
महानगर प्रवक्ता नविन मानन्धरका अनुसार सवारी साधनको पार्किङको लागि भनी अनुमति मागेर व्यापार व्यवसाय सञ्चालन गरेपछि सो अनुसार कार्वाही अघि बढाएको छ ।
उनका अनुसार अहिले बानेश्वरस्थित संसद भवनको पश्चिम गेट अगाडिका भवनका संरचना भत्काउन सुरू गरिएको हो ।
यस अघि महानगरले सार्वजनिक सुचना प्रकाशति गरि नक्साका स्वीकृत अनुसारको अन्डरग्राउण्ड पर्किङ प्रयोग गर्न भनी ३५ दिने सुचना प्रकाशित गरेको थियो ।
सुचनाको अटेर गरेर अझै पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो ।
घर तथा भवनको नक्सा पास गर्दा ‘अन्डरग्राउण्ड पार्किङ’ को नक्सा पास गरे पनि ती क्षेत्रमा पसल सञ्चालित थिए ।
Categorized in स्थानिय