१४ बैशाख २०८१, शुक्रबार
Header

बानेश्वरको सार्वजनिक शौचालय कामपा १० वडालाई हस्तान्तरण 


प्रकाशित: बुधवार, २९ माघ २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । एभेरष्ट बैंकले नयाँ बानेश्वरस्थित छक्कुपक्कु पार्कको आडमा निर्माण गरेको सार्वजनिक शौचालय कामवा वडा – १० लाई हस्तान्तरण गरेको छ । 


बुधवार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष रामकुमार के. सी. लाई शौचालयको साँचो हस्तान्तरण गरिएको हो । 


बैंकले व्यवसायिक सार्वजनिक उत्तरदायित्वअन्तर्गत करीब २० लाख रुपैयाँ खर्च गरेर छक्कुपक्कु पार्कको मर्मत तथा सार्वजनिक शौचालय निर्माण गरेको हो ।


शौचालयमा पुरुषका लागि ४ वटा पिसाब फेर्ने युरिनल र १ वटा दिशा गर्ने ठाउँ, महिलाका लागि २ वटा र अपाङ्गता भएका व्यक्तिका लागि १ वटा छुट्टाछुट्टै ठाउँ छन । 


अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बाहिर एउटा राम्रो शौचालय नहुँदा वडालाई पनि अप्ठ््यारो महसुस वडा अध्यक्ष केसीले बताउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत शौचालय प्राप्त भएको बताए ।  


अपाङ्गता भएका व्यक्ति, पर्यटक र जेष्ठ नागरिकलाई शौचालय निःशुल्क हुनेछ भने अन्य उपभोक्ताबाट सेवा शुल्क संकलन गरिनेछ । 


हस्तान्तरण कार्यक्रममा बोल्दे बैङ्कका नायव महाप्रबन्धक आशुतोष शर्माले, व्यवसायिक संस्थागत उत्तरदायित्वअन्तर्गत वडासँग थप सहकार्य हुने बताए ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD