काठमाडौँ । बानेश्वरको संगम स्वीट्समा मंगलबार अनुगमनको क्रममा गएको टोलीले अखाद्य बस्तु भेटिएपछि शिलबन्दी गरेको छ ।
अनुगमन टोलीले संगम स्वीट्सको मिठाईमा सेतो कपडामा प्रयोग गरिने नीर भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रमाणित गरेपछि कर्वाही गरिएको हो ।
सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट््स एण्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा उक्त पाउडर फेला परेको हो ।
मिठाइमा हाइड्रो–१ नामको अखाद्य वस्तु मिसावट भएको फेला परेका कारण शर्मालाई खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार कानूनी कारवाही गरिने खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए ।
अनुगमनमा उपभोक्ता अधिकारकर्मी, जिल्ला प्रशासन कार्यालयका अधिकारीहरु र पत्रकारको पनि सहभागिता थियो ।
खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको प्रमाण फेला परेमा सो ऐन र नियमावलीमा कम्तीमा पाँच वर्ष कैद वा रु पचास हजार जरिवाना वा दुवै सजायको व्यवस्था छ ।
त्यसैगरी मिठाई पसलमा भेटिएको अखाद्य पाँच लिटर घिउ नष्ट गरिएको छ । घिउमा पोल्यारिटीको मात्र ३९ रहेकाले नष्ट गरिएको हो । स्वस्थ्य घिउमा पोल्यारिटीको मात्र अधिकतम २५ हुनुपर्छ ।
Categorized in बजार