२१ बैशाख २०८१, शुक्रबार
Header

बानेश्वरको तरकारी बजार नजिक बागमती किनारमा युवकको शव भेटियो


प्रकाशित: बुधवार, २४ भाद्र २०८०, ११ः२० बजे 
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा ३१ स्थित बानेश्वरको तरकारी बजार अगाडी बागमती किनारमा एक युवकको शव भेटिएको छ । 


प्रहरीका अनुसार बुधवार विहानको समयमा खोला किनारको झाडीमा मृत अवस्था भेटिएको हो । 


काठमाडौं बालाजु गोलढुंगा घर भई हाल शंखमुलमा बस्दै आएका २० बर्षिय विकास महरा भएको प्रहरीले जनाएको छ । 


प्रहरी वृत्त बानेश्वरबाट खटिएका प्रहरी अधिकृतको टोलीले शवलाई पोस्टमार्टमको लागि महाराजगंज शिक्षण अस्पताल पुुगाएको छ । 


मृत्युको कारण थप अनुसन्धानपछि थाहा हुने प्रहरीले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD