२७ बैशाख २०८१, बिहिबार
Header

बाणिज्य बैंकहरुले फागुन महिनामा कसले कति ब्याजदर दिँदै ?


प्रकाशित: सोमवार, २९ माघ २०८०, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । बाणिज्य बैंकहरु फागुन महिनाको लागि ब्याजदर निर्धारण गरेका छन । 


बैंकहरूले फागुन महिनाको लागि ब्याजदर थप घटाएको छ । बैंकमा निक्षेप बढ्लै जादा लगानीयोग्य रकम पनि बढेको तर कर्जा अपेक्षित रुपा बढन नसेपछि बैंकहरूले ब्याजदर घटाउन थालेका हुन । 


बैंकहरुले निकालेको सुचना अनुसार माघ महिनामा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम नौं  प्रतिशत ब्याजदर दिएका थिए ।

 
तर फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५ प्रतिशत छ ।


फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे र एभरेष्ट बैंकले  माघ कै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन । माघमा यी बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशत यथावत राखेका थिए । 


हिमालयन बैंकको भने माघ र फागुन दुवै महिना व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.१५ प्रतिशत कायम राखेको छ ।


फागुनमा एनएमबी बैंकको ८.५ प्रतिशत ब्याजदर दिने भएको छ भने कृषि विकास बैंकले सबैभन्दा कम व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.४४ प्रतिशत ब्याजदर दिने भएको छ । 


राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ७.३५ प्रतिशत छ ।


प्राइम कमर्सियल बैंकको ७.४ प्रतिशत, नेपाल बैंकको ७.२५ प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, प्रभु बैंकको ७ प्रतिशत छ ।


नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८ प्रतिशत, ग्लोबल आइएमइ बैंकको ७.६ प्रतिशत र नबिल बैंकको ७.७६ प्रतिशत ब्याजदर दिएको छ ।


व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल एसबीआई बैंकले अधिकतम ८.१ प्रतिशत, कुमारी बैंकले ८.०१ प्रतिशत र एनआइसी एशिया बैंकले ८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD