२० बैशाख २०८१, बिहिबार
Header

बाणिज्य बैंकहरुको नाफा घट्यो


प्रकाशित: शुक्रवार, १७ कातिक २०८०, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/०८१ को पहिलो तीन महिना (साउन देखि असोज सम्म) वाणिज्य बैंकहरुको नाफा घटेको छ । 


सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको नाफा १८.६४ प्रतिशतले घटेको हो । गत वर्षको यही अवधिमा नाफा १६ अर्ब ४७ करोड रहेकोमा नाफा घटेर १३ अर्ब ४० करोड रूपैयाँ पुगेको छ । 


सिद्धार्थ, एनआइसी एशिया, कुमारी, लक्ष्मी सनराइज, सिटिजन्स र नेपाल बैंकको नाफा २० देखि ९२ प्रतिशतसम्म घटेको छ । यो प्रतिशत उच्च दरमा रहेको हो । 


बैंकहरूको खुद ब्याज आम्दानी भने १९.१५ प्रतिशतले बढेर ४९ अर्ब ४६ करोड रूपैयाँ पुगेको छ । 


सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानी बढेको छ । बैंकको यस्तो आम्दानी ९६ प्रतिशतले बढेर चार अर्ब १६ करोड पुगेको छ ।


सातवटा वाणिज्य बैंकको भने यस्तो खुद ब्याज आम्दानी पनि घटेको छ ।


समग्र बैंकहरूको कर्जा असुलीमा समस्या देखिएपछि पनि नाफा घटेको हो  बैंकहरूले कर्जा जोखिम प्रावधानको लागि १७ अर्ब १० करोड रूपैयाँ राखेका छन । 


बैंकहरूको खराब कर्जाको औसत १.५९ प्रतिशतबाट बढेर ३ प्रतिशत पुगेको छ । सात वटा वाणिज्य बैंकको यस्तो खराब कर्जा ४ देखि ५ प्रतिशतसम्म पुगेको छ । बैंकहरूले कुल ४३ खर्ब ८६ करोड रूपैयाँ कर्जा लगानी गरेकोमा एक खर्ब ५० अर्ब रूपैयाँ कर्जा खराब भएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD