७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बाढी पीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा एकै दिन तीन करोड बढी रकम जम्मा


प्रकाशित: शुक्रवार, १८ असोज २०८१, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । बाढी पीडित राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन तीन करोडभन्दा बढी रकम जम्मा भएको छ । 

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले चेक हस्तान्तरण गरेका छन ।


कृषि विकास बैंकबाट एक करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबिआइ बैंकबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैंकबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट ५१ लाख रकम हस्तान्तरण गरिएको हो । 


प्रधानमन्त्री ओलीले सहयोगकर्तालाई धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । 


सरकारले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex