काठमाडौं । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३/३ जनाको मृत्यु भएको छ ।
काभ्रे, पर्वत र दाङमा २/२ तथा काठमाडौं र उदयपुरमा १/१ जनाको मृत्यु भएको छ ।
२ जना बेपत्ता छन भने १९ जना घाइते भएको केन्द्रले जनाएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि काठमाडौं उपत्यका सहितका पूर्वी भागमा तुलनात्मक रूपमा मौसममा सुधार देखिएको छ ।
Categorized in राष्ट्रिय