१५ बैशाख २०८२, सोमबार
Header

बाढी पहिरोबाट काठमाडौं उपत्यकामा ५२ ले ज्यान गुमायो, सबैभन्दा बढि ललितपुरमा


प्रकाशित: आइतवार, १३ असोज २०८१, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवारदेखि परेको अविरल बर्षाको कारण काठमाडौं उपत्यकामा आज साँझ सम्म ५२ जनाले ज्यान गुमाएको छ । 


काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंमा १७ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो ।


बाढी पहिरोमा परि घाइते हुनेहरुमा काठमाडौंमा १८ जना, ललितपुरमा १० जना र भक्तपुरमा ३ जना छन । बेपत्ता हुनेहरुमा काठमाडौंबाट दुई जना र ललितपुरबाट ७ जना रहेको कार्यालयले जनाएको छ । 


अहिलेसम्म काठमाडौंका एक हजार ४४२ जना, ललितपुरका ६५७ र भक्तपुरका ५६ जना गरी २१५५ जनाको उद्धार भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex