१२ भाद्र २०८३, शुक्रबार
Header

बाढी अपडेटः मृतकको संख्या ४३, बेपत्ता २४ जना


प्रकाशित: आईतबार, २९ असार २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रहरी प्रधान कार्यलयले अहिलेसम्म बाढिपहिरोबाट मर्नेको संख्या ४३ पुगेको जनाएको छ ।


बाढिपहिरोमा परि २४ जना बेपत्ता भएका छन भने २० जना घाईते भएका छन । प्रहरीका अनुसार बाढीपहिरोमा फसेर अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ । 


ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ ।


मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ ।


बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएका छन ।


यस्तै सिन्धुलीमा ६ , इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex