८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बाढीपहिरो अपडेटः देशभर ६० जनाको मृत्यु, इलाम सबैभन्दा बढी प्रभावित


प्रकाशित: सोमवार, २० असोज २०८२, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । गत शुक्रबार र शनिबार परेको लगातारको भारी वर्षापछिको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६० पुगेको छ । 


प्रहरीका अनुसार मृतकमध्ये १९ पुरुष, २६ महिला र १५ नाबालक रहेका छन ।


सबैभन्दा बढी मृत्यु इलाम जिल्लामा भएको छ, जहाँ ३७ जनाको ज्यान गएको पुष्टि भएको छ । 


त्यस्तै पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो । 


भारी वर्षाका कारण पहिरो र बाढीले धेरै स्थानमा घर, सडक र बिधुत संरचना क्षति पुर्‍याएका छन । 


उद्धार तथा राहतका कार्य जारी रहेको र स्थानीय प्रशासन, प्रहरी तथा नेपाली सेनाले प्रभावित क्षेत्रमा सहयोगका गतिविधि तीव्र पारेका छन ।


प्रहरीले अझै पनि केही व्यक्तिहरु बेपत्ता रहेको जनाउँदै खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिएको छ । मौसम विभागले अझै केही दिन पूर्वी पहाडी क्षेत्रमा वर्षाको प्रभाव रहन सक्ने भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex