१३ बैशाख २०८१, बिहिबार
Header

बाटिका बहुउद्देश्यीय पुनः नवराज पोखरेलको नेतृत्वमा 


प्रकाशित: आईतवार, १० असोज २०७८, १३ः०० बजे
- केडिआर

काठमाडौं । बाटिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः नवराज पोखरेल चयन भएका छन । 


सहकारी हालै सम्पन्न १५ औं बार्षिक साधारणसभाले पोखरेलको नेतृत्वमा संचालन समिति चयन गरेको छ । 


समितिको उपाध्यक्षमा तारा पोखरेल, सचिव अन्जु शर्मा, कोषाध्यक्षमा बसन्त चन्द्र मरहठ्ठा, संचालक सदस्यहरुमा रामेश्वर रिजाल, दिवश घिमिरे, सुनिल कुमार पोखरेल निर्वाचित भएका छन । 


त्यसैगरी लेखा संयोजकमा बाबुराम अधिकारी, लेखा सदस्यमा निर्मल कोईराला र प्रशान्त घिमिरे चयन भएका छन । 


सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको आ.व. २०७७/०७८ को बार्षिक प्रतिवेदन, कोषाध्यक्षले पेश गरेको आ.व. २०७७/०७८ को बार्षिक प्रतिवेदन, लेखा समितिको आ.व. ०७७/०७८ लेखा प्रतिवेदनलाई अनुमोदन गरेको छ । 


त्यसैगरी आ.व. २०७८/०७९ का लागि लेखा परीक्षक नियुक्त गर्ने तथा नीजको पारीश्रमिक निर्धारण गर्ने, सञ्चालक समिति तथा लेखा समितिको निर्वाचन, आ.व. २०७८/०७९ सम्बन्धमा तथा सञ्चालक समितिबाट सिफारिस भएको लाभांशको प्रस्तुत प्रतिवेदन पारित गरिएको छ । 


सञ्चालक समितिबाट भए गरेको काम कारवाहीको अनुमोदन, साधारणसभाको निर्णय पुस्तिकामा दस्तखत गर्न शेयरधनीको तर्फबाट ८ जना र सञ्चालकको तर्फबाट ७ जना प्रतिनिधि नियुक्त गरिएको छ । 


संस्थाको यस बर्ष शेयर पूँजी ३ करोड ५९ लाख २ हजार ७ सय, निक्षेप ८ करोड २४ लाख ३६ हजार ३ सय ९७ रुपियाँ, करपछिको खुद नाफा  ५२ लाख ५८ हजार २ सय ६ रुपियाँ, विगत बर्षको संचित मुनाफा ११ लाख ४ हजार ४ सय ३८ रुपियाँ गरी संचित रकम ६३ लाख ६२ हजार ६४४ रुपियाँ रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD