११ भाद्र २०८३, बिहिबार
Header

बाजेको सेकुवा कर्नर खोल्न सर्वोच्चको आदेश


प्रकाशित: बुधबार, १३ भाद्र २०७५, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणमा बाजेको सेकुवा कर्नरको सञ्चालक चेतन भण्डारीको संग्लनता देखिएपछि छानविन समितिले बन्द गराएको बाजेको सेकुवा कर्नरका शाखाहरु खोल्न सर्वोच्चले अन्तिरिम आदेश जारी गरेको छ । 


न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सो आदेश बुधवार जारी गर्दै बाजेको सेकुवामा शिलबन्दी गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशमा भनेको छ । 


सकारले सेकुवा कर्नर बन्द गरेपछि संचालक भण्डारीको पत्नी नीतिमा भण्डारीले आइतबार सर्वोच्च अदालतमा पेशा व्यवसाय गर्न र सम्पती जोड्ने मौलिक अधिकारको हनन भएको भन्दै रिट दिएकी थिइन् । 


प्रहरीको फरार सूचीमा रहेका भण्डारीले काठमाडौं उपत्यकामा ६ वटा बाजेको सेकुवा कर्नर चलाउँदै आएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex