काठमाडौं । बाजुरमा भालुको आक्रमणबाट मंगलवार विहान २ जना घाईते भएको प्रहरीले जनाएको छ ।
भालुको आक्रमणबाट जिल्लाको खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला घाइते भएका छन । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी रहेका छन् ।
खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतका अनुसार आक्रमणमा परि गम्भीर घाइते भएको जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट लागेको छ ।
गाउँ नजीकैको छडीखोलामा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको हो । घाइते दुवैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि अछामको बयलपाटा अस्पताल लगिएको छ ।
Categorized in समाज