काठमाठौं । बाजुरा सदरमुकामस्थित मादक पदार्थ सेवन गरी कुटपिट गर्ने विभिन्न कार्यलयका ५ जना कर्मचारी पक्राउ परेका छन ।
नेपाल प्रहरीका असई मान बहादुर चन्दमाथि कुटपिट गरेको आरोपमा प्रहरीले राष्ट्रिय बाणिज्य बैकमा कार्यरत अमृत्त बोहरा र केशब गिरी, सरकारी वकील कार्यालयका कार्यालय सहयोगी हरिशंकर जोशी पक्राउ परेका छन ।
त्यसैगरी बडिमालिका नगरपालिमा कार्यरत प्राबिधिक गोरख थापा र मेरिस्टोप सेन्टर नामक गैर सरकारी संस्थामा कार्यरत अनमि धनी थापा लाई पनि प्रहरीले नियन्त्रणमा लिएका छन ।
गत आईतबार राती सदरमुकाममा अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई चन्दमाथि उक्त समूले मादक पदार्थ सेवन गरी कुटपिट गरेको बताएको छ ।
प्रहरीका अनुसार राती मादक पदार्थ खाएर होहल्ला गर्दै हिँडेकी एक महिलालाई नियन्त्रणमा लिने क्रममा उनको साथमा उनीहरुले कुटपिट गरेका थिए ।
कुटपिटबाट असई चन्दको अनुहार र शरिरमा चोट लागेको छ भने। अन्य प्रहरी जवानहरुको पनि शरिरमा चोट लागेको स्थानिय बडीमालिका खबर डटकमले समाचार प्रकाशन गरेको छ ।
Categorized in समाज