४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बाजी थाप्ने र जुवा खेल्नेहरु जेलको वास हुनु पर्ने


प्रकाशित: आईतबार, २७ साउन २०७५, १९ः१४ बजे
- महानगरखबर

काठमाडौं । सरकारले यही भाद्र देखि लागु गर्न लागेको नयाँ मुलुकी अपराध संहिताले बाजी थाप्ने र जुवा खेल्नेहरुलाई जेलको वास गराउने भएको छ । 


जुवा खेल्ने र खेलाउने पहिलो पल्ट पक्राउ परेमा ३ महिनासम्म कैद वा ३० हजार जरिवाना लाग्नेछ भने दोश्रो पटकलाई एक बर्ष कैद र ५० हजार जरिवाना तथा तेश्रो पटकमा ३ बर्ष जेल र १० हजार जरिवाना हुने मुलुकी अपराध संहितामा व्यवस्था गरेको छ । 


जुवा खेल्ने र खेलाउनेहरु मात्र नभई खेलको ठाउँमा सट्टेवाजी गरे वा च्याखे थापे जुवा खेल्नेको सरह मानिनेछ । 


अहिलेसम्म जुवा खेल्नेहरुलाई जुवा ऐन २०२० अन्तर्गत कारबाही हुँदै आएको छ । 


त्यसैगरी, बाजी थाप्नेको हकमा पनि मुलुकी अपराध संहिता अन्तर्गत कैद र जरिवानाको व्यवस्था गरेको छ । 


कनै पनि खेलमा सट्टेवाजी गर्ने, हार–जीतमा हुने रकम, चल–अचल सम्पतीको जफतसहित १ बर्ष जेल सजाय र १० हजार जरिवाना हुने कानुनको व्यवसथा गरेको छ । 


तर, सार्वजनिक महोत्सव, मेला पर्व, प्रदर्शनीमा सरकारी अनुमति लिई थोरै चलअचल सम्पत्ति पाउने वा गुमाउने गरी जुवा खेलाएमा भने त्यसलाई जुवा मानिने छैन । सरकारी अनुमति लिएर चिठ्ठा सञ्चालन गरे पनि काुनन लाग्ने छैन । सरकरको अनुमति विना चिठ्ठा कटाउन पाइने छैन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex