४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बाघको आक्रमणमा परि ७१ बर्षिय बृद्धको मृत्यु, एक घाईते


प्रकाशित: मंगलवार, २२ माघ २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । पाटेको बाघको आक्रमणमा परि बर्दियामा एक ७१ बर्षियका बृद्धको मृत्यु भएको छ भने एक घाईते भएका छन ।


प्रहरीका अनुसार बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित बाघको आक्रमणमा परि ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको हो । 


भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन । 


बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ । 


बाघको आक्रमणपरि घाईते भएका शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  


प्रहरी चौकी जमुनीका इन्चार्ज प्रहरी नायब निरीक्षक लोकेन्द्र कार्कीका अनुसार गौघाटबाट सीतापुर जाने पक्की पुलको बाटोमा सोमबार साँझ उनीहरुमाथि पाटेबाघले आक्रमण गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex