१४ बैशाख २०८१, शुक्रबार
Header

बागवजारका पूर्व वडा अध्यक्ष गणेशवहादुर खड्गीको निधन


प्रकाशित: विहिवार, १८ बैशाख २०७७, २१ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २८ (सविक ३१ वडा) का पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता गणेशवहादुर खड्गीको विहिवार निधन भएको छ ।


खड्गीको वसुन्धरास्थित चिरायु अस्पतालमा निधन भएको वागजार सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्रका अध्यक्ष विपेन्द्र  खड्गीले जानकारी दिए । 


केही दिन अघि खड्गीको स्वास्थ्य अवस्था विग्रेपछि अस्पताल भर्ना गरिएको थियो । 


खड्गी यस वडामा दुई पटक नेपाली कांग्रेसको तर्फवाट वडा अध्यक्षमा निर्वाचित समेत भएका थिए । 


नेपाल खड्गी सेवा समितिको संस्थापक समेत रहेका खड्गीका एक श्रीमति, ३ जना छोरा र ३ छोरी रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD