४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बागलुङ ढारेपाटनमा आगलीबाट ३० घर जले


प्रकाशित: आईतबार, ९ मंसिर २०७५, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आईतबार बिहान आगलागी हुँदा ३० घर जलेर नष्ट भएको स्थानीयवासीले जनाएको छ । 


विहान २ बजेको समयमा नवी गाउँमा लागेको आगो बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए । 


ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो । 


सो घरमा मानिसहरु नबस्ने भएकोले आगलागीबाट कुनै मानविय क्षती भएको छैन ।


नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगो लाग्नबाट बचाएको र आगो जङ्गलतर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex