४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बागलुङमा ३ बालवालिकाको जलेर मृत्यु 


प्रकाशित: बुधवार, २५ पुष २०७५, ०७ः०० बजे
- महानगरखबर

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका–४ स्थित तारागाउँमा गोठमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । 


मंगलवार अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिए ।

 
स्थानीय यमबहादुर खत्रीको गोठमा खेल्न भनी गएका बेला बालबालिकाले झुक्किएर आफैले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ । 


इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शव निकाली घटनास्थलको मुचुल्का उठाएको प्रहरीले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex