४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बागलुङमा प्रहरीको कुटाईबाट २ जना घाईते


प्रकाशित: बुधवार, २ माघ २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीको कुटपिटबाट बागलुङ नगरपालिकामा २ जना घाईते भएको छ । 


हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन । 


गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उनी श्रीमती कृष्णकुमारीले जानकारी दिए । आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथी कुटपिट गरिएको हो । खत्रीको अवस्था सामान्य छ । 


घट्ना लगत्तै कुटपिटमा संलग्न प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौर सरुवा गरिएको प्रहरी निरीक्षक केशवसिंह थापाले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex