काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिमतर्फ केही उत्तर सरेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति पनि देशभर सामान्य बदली रहने र कोशी, मधेस, लुम्बिनीसहित अधिकांश प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
Categorized in राष्ट्रिय