१६ चैत्र २०८०, शुक्रबार
Header

बागमती प्रदेश सरकारले ‘इन्फो बैंक’ स्थापना गर्ने


प्रकाशित: मंगलवार, ५ असोज २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना सञ्चारका क्षेत्रमा ‘इन्फो वैंक’ स्थापना गर्ने भएको छ ।


प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यले पदावहाली गरिसकेपछि गरेको पत्रकार भेटघाटमा मन्त्रालयले मन्त्रालयले सूचना सञ्चारका क्षेत्रमा ‘इन्फो वैंक’ स्थापना गर्ने बताएका हुन । 


यसमा बागमती प्रदेश सरकारसँग सम्बन्ध राख्ने कार्यालय तथा स्थानीय तह सम्बन्धी एकै ठाउँमा सूचना प्राप्त हुनेछ । 


मन्त्रालयले विद्युतीय प्रणालीमा आधारित विपद जोखिम नक्साङ्कनको काम गरिरहेको मन्त्री शाक्यले जानकारी दिए । बर्षासँग सम्बन्धित विपत्तिहरुमा बाढी, पहिरो, चट््याङ् तथा अन्य मानव सिर्जित प्रकोप सम्बन्धि पूर्व सूचना दिने प्रणाली विकास गर्न लागेको शाक्यले बताए । 


पत्रकार भेटघाटमा मन्त्री शाक्यले भने, ‘चेतना र सूचनाका अभावमा विपत्तिका बेला धेरै क्षति हुन्छ । प्रविधिमार्फत यसलाई घटाउने हाम्रो प्रयास हो ।’


त्यसैगरी शान्ति सुरक्षाको सन्दर्भ उठाउँदै मन्त्री शाक्यले प्रहरी कर्मचारी समायोजन नहुँदा बागमती प्रदेश प्रहरीमा भएका ७ हजार ९ सय ८९ दरबन्दीमध्ये ५ हजार ४ सय २३ मात्र कार्यरत रहेको अवस्था रहेका सुनाए । 


काठमाडौँ उपत्यकाका ३ जिल्ला प्रदेश सरकार मातहतमा नहुनुले आफ्नो काम अपूर्ण अवस्थामा रहेको शाक्यको भनाई छ । 


प्रदेश सरकारले निर्माण गर्नुपर्ने १ सय ३४ कानुनमध्ये ऐन, विनियमावली, नियमावली, आदेश गरी १ सय २ वटा कानुन तर्जुमा भइसकेका छन ।


मन्त्री शाक्यले आफ्नो मन्त्रालयअन्तर्गत १ वर्षमा सम्पन्न गर्नुपर्ने ५० ओटामध्ये सबै योजनालाई १ महिना भित्र प्रक्रियामा लगिसक्ने बताए ।


तस्वीरः चन्द्रमणी भट्टराई
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD