१२ बैशाख २०८१, बुधबार
Header

बागमती प्रदेश नामांकन विरुद्ध काठमाडौंमा प्रदर्शन


प्रकाशित: मंगलवार, १५ पुष २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । पहिचान पक्षधरहरुले मंगलवार बागमती प्रदेश नामांकन विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । 


काठमाडौंको असन, न्यूरोड, इन्द्रचोकमा पहिचान पक्षधरहरुको संयुक्त भेलालले बेलुका ४ बजे कोणसभा गरी बृहत प्रदर्शन गरेका छन । 


उनीहरुले नेपाल मण्डल वा नेवाः ताम्सालिङ प्रदेश हुनु पर्ने माग राख्दै प्रदर्शनमा उत्रेका थिए । 


नेवाः युथ अर्गनाईजेशन, नेवाः राजनीतिक अभियान, सेभ नेपाः भ्याली, नेपाः राष्ट्रिय परिषद, नेपाल सांस्कृति पुनः जागरण अभियान, नेपाः देय् गुथी नेपाल मण्डल र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयुक्त आयोजना सो प्रदर्शन भएको हो । 


त्यसैगरी पहिचान पक्षधरहरुको मंगालबारको भेलाले एक प्रेस विज्ञप्ती जारी गरी बागमती प्रदेश नमांकन अबिलम्ब सच्चाउन नेकपालाई आग्रह गरेको छ । 


बागमती प्रदेश नाम फिर्ता नलिए क्रमबद्ध पहिचान पक्षधरहरुले कडा रुपमा सडक संघर्ष गर्ने चेतावनी दिँदै प्रदेश ३ को नाम पहिचानसहितको नेवाः तामासालिङ हुनु पर्नेमा माग गरेको छ । 


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम बागमती राखेपछि विरोध सुरु भएको छ । 


आईतबार नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजाधनी हेटौडा राख्ने निर्णय गरेपछि पहिचान पक्षधरहरुले सो कडा विरोध जनाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD