१४ बैशाख २०८१, शुक्रबार
Header

बागमती प्रदेशमा कातिक १० गते मुख्यमन्त्री फेरिने


प्रकाशित: विहिवार, ४ कातिक २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री कातिक १० गते फेरिने भएको छ ।


१० गतेसम्म अष्टलक्ष्मी शाक्य नै मुख्यमन्त्री रहने छ । मुख्यमन्त्री शाक्यले विहिवार प्रदेशसभा बैठकमा मागेको विश्वासको मतमाथि भएको छलफलपछि मतदानको लागि एकसाता पछि सारिएको छ ।


पछिल्लो सहमति अनुसार नेकपा (एकिकृत समाजवादी) र नेपाली कांग्रेसले आलोपालो गरी मुख्यमन्त्रीको नेतृत्व लिने भएका छन । 


एकिकृत समाजवादीका राजेन्द्र पाण्डे र कांग्रेसका इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको नेतृत्व गर्ने भएका छन । प्रदेशसभाको कार्यकाल अब एक बर्ष केही महिना बाँकी छ ।


प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बैठक कातिक १० गते सम्मको लागि स्थगीत गरिदिको छ । शाक्यको पदको छिनोफानो कात्तिक १० गते मात्रै हुने छ ।


यस अघि शाक्यले असोज २४ गतेभित्र विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेकी थिईन । 


प्रदेशसभामा हाल १ सय ९ प्रदेशसभा सदस्य रहेका छन । शाक्यलाई ४३ जना नेकपा एमालेका सांसदको साथ छ । विपक्षी गठबन्धनको पक्षमा नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा (एकीकृत समाजवादी) को १३ र जनता समाजवादी पार्टीको १ जना प्रदेशसभा सदस्यको साथ रहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD