६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बागमती प्रदेशमा एमाले र माओवादीले आलोपालो मुख्यमन्त्री लिने 


प्रकाशित: सोमवार, २५ पुस २०७९, १०ः१६ बजे
- महानगरखबर

काठमाडौं । सात्ता साझेदारको बैठकमा बागमती प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गरी मुख्यमन्त्री लिने सहमति भएको छ ।


आईतवार वसेको बैठकको सहमति अनुसार बागमतीमा पहिलो कार्यकाल माओवादीले मुख्यमन्त्री लिने र दोस्रो कार्यकाल एमालेलाई छाड्ने समझदारी हुनेछ ।


यस्तै सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेबाट मुख्यमन्त्री बनाउनेबारे छलफल भएको छ । यस प्रदेशमा पनि एमाले र माओवादीले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको छ । 


अन्य प्रदेशको हकमा प्रदेश नम्बर १ मा नेकपा एमालेका सांसद हिक्मत कार्की आइतबार मुख्यमन्त्री नियुक्त भइसकेका छन । 


एमालेले अब गण्डकी र लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिने सहमति भएको छ । यी ठाउँमा एमालेले पाँचै वर्ष मुख्यमन्त्री लिनेछ । 


मधेस प्रदेशको मुख्यमन्त्री पनि आलोपालो गर्ने सहमति छ । पहिलो कार्यकाल जसपाले लिने र दोस्रोमा जनमत पार्टीलाई दिनेबारे छलफल भएको छ ।


तर बागमती प्रदेशको सभामुख पद राप्रपालाई दिने तयारी छ । राप्रपाले यहाँ मुख्यमन्त्री दाबी गर्दै आएको थियो ।  
बैठकको निर्णय भने औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी रहेको छ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex