१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बागमती प्रदेशभरिका जनस्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट


प्रकाशित: बुधवार, ३ मंसिर २०८२, १७ः०० बजे
- महानगरखबर

ललितपुर ।  बागमती प्रदेशभरिका जिल्ला जनस्वास्थ्य कार्यालयमध्ये ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ । 


कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म हेटौंडामा सम्पन्न प्रदेश स्वास्थ्य निर्देशनालयको वार्षिक समीक्षा कार्यक्रममा ललितपुरले प्रदेशस्तरमै प्रथम स्थान हासिल गरेको हो । 


जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका निमित्त प्रमुख दीपा पाण्डेका अनुसार एक समारोहमार्फत उक्त उपलब्धिको प्रमाणपत्र प्रदान गरिएको हो । 


बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडामा आयोजित कार्यक्रममा ललितपुरका खोप अधिकृत राजाराम कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।


निमित्त प्रमुख पाण्डेका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको मूल्यांकन— सूचकहरूको उपलब्धि, प्रस्तुतीकरण तथा समग्र प्रदर्शन—का आधारमा ललितपुर उत्कृष्ट ठहरिएको हो । 


ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयले गत वर्ष पनि बागमती प्रदेशमै उत्कृष्टताको पुरस्कार जित्दै निरन्तरता कायम राख्न सफल भएको थियो।


अस्पतालतर्फका नतिजा


प्रदेशस्तरको मूल्यांकनमा अस्पताल समूहमाः


भक्तपुर अस्पताल प्रथम


नुवाकोटको त्रिसुली अस्पताल दोस्रो


सिन्धुपाल्चोकको चौतारा अस्पताल तेस्रो  ।


आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फः


सिन्धुली प्रथम


नुवाकोट दोस्रो


चितवन तेस्रो स्थानमा परे । 


जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका निवर्तमान प्रमुख डा. भुवन पौडेलले निजी तथा सरकारी अस्पतालहरूसँग गरिएको प्रभावकारी समन्वय र सहकार्य नै लगातार उत्कृष्टता प्राप्तिको मुख्य कारण रहेको बताए ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex