काठमाडौं । उपत्यकाको नदी संरक्षणार्थ सरसफाई तथा बृक्षरोपण अभियानलाई व्यापकता दिदै जानुपर्नेमा शुक्रवार चोभार देखि वागद्धारसम्मको मोटरसाईकल र्याली गरेर जनभावना विपरित काम गरेको स्थानियको आरोप छ ।
नयाँ राज्य संरचना अनुसार उपत्यकालाई प्रदुषण मुक्त सास्कृतिक नगरीका रुपमा लैजानु पर्नेमा उल्टै प्रदुषणयुक्त ईन्धन खर्चेर गरिने कार्यको समर्थन हुनै नसक्ने सचेत नेवाः पुचका अध्यक्ष तथा अधिवक्ता सर्वज्ञराज नायःले स्पष्ट पार्नुभयो ।
दक्षिण्काली नगरपालिका, गोकर्ण नगरपालिका र अधिकार सम्पन्न वागमति विकास समिति समेत आयोजक रहेको मोटर साईकलरयालीका मेन आयोजक संस्था नेपाल मण्डल पर्यटन नगरीका उपाध्यक्ष ईन्द्र लामाले र्याली बारे आफुलाई आधिकारिक कुनै जानकारी नभएको र कार्यसमिटीमा माईन्युट समेत नगरिएकोले आफुले जवाफ दिन नसक्ने अवगत गराउनुभयो ।
उपाध्यक्ष लामाले वरु शिवपुरीमा महायज्ञ र चोभारदेखि शिवपुरी सम्म म्याराथन दौड प्रतियोगिता गराउने कुरो भएको स्पष्ट पार्नुभयो । नेपाल मण्डल पर्यटन नगरीका सचिव विनोद महर्जनलेपनि आकस्मिक ढंगबाट अध्यक्ष कृष्ण के.सी.बाट गरिएको एकल निर्णयको जवाफदेहि कार्य समिति नहुने दावी गर्नु भयो । सचिव महर्जनले बुद्ध जयन्तिका दिन लुम्विनी देखि स्वयभ्भु,बौद्ध र नमोबुद्धको दुरी टाढा भएकोले सो दिन चाहि मोटर साईकल र्याली गर्ने की भन्ने प्रस्तव भएको स्पष्ट पार्नुभयो ।
Categorized in सम्पदा/संस्कृति