१३ बैशाख २०८१, बिहिबार
Header

बागमति सफाईको लागि गुहेश्वरीमा प्रशोधन केन्द्र बन्दै


प्रकाशित: शनिवार, २ कातिक २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले बागमतिमा नुहाउन योग्य बनाउने बताएकी छिन । 


मन्त्री मगरले बागमती सफाईका लागि गुहेश्वरीमा निर्माणाधिन गरिएको प्रशोधन केन्द्रले योजना अनुसार काम भए केही बर्षमा पशुपतिमा भक्तजनहरुले बागमातीमा नुहाउन सक्ने दावी गरेकी छिन । 


सरकारले गुहेश्वरीमा निर्माण गरेको प्रशोधन प्लान्टमा गोकर्णदेखि गुहेश्वरीसम्मको ढल जोडि बागमतीको पानी सफाईको काम अघि बढाउने तयारी गरेको छ । 


बाग्मती सफाइ अभियान चलाएको वर्षौं भइसक्यो । तर अझै नदी सङ्लिएको छैन । नदी सफाइका लागि अब गुहेश्वरीमा फोहोरपानी प्रशोधन केन्द्र बन्दैछ, जहाँ गोकर्णदेखि गुहेश्वरीसम्मको ढल जोडिनेछ ।


काठमाडौं उपत्यकामा घरघरबाट निस्कने ढल सिधै नदीमा मिसिदा नदी फोहर हुन पुगेको छ । नदी सफाको लागि सरकारले गुहृयेहृवरीमा जस्तै सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण, र चल्नाखेलमा ढल प्रशोधन केन्द्र निर्माण गरिरहेका छन । 


ढललाई प्रशोधन गरेर ग्यास निकाली बिजुली निकाल्ने योजना सरकारको रहेको छ । गुह्येश्वरीबाट मात्र २४० किलोवाट बिजुली निकाल्ने बताइएको छ ।


गुहेश्वरीमा दैनिक ३ करोड २५ लाख लिटर पानी प्रशोधन गर्न सक्ने प्लान्ट बनेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD