४ भाद्र २०८३, बिहिबार
Header

बागमति प्रदेशमा ७० अंक ल्याउनेलाई लाईसेन्स दिने प्रणाली शुरु


प्रकाशित: मंगलावर, २ फागुन २०७९, १६ः१० बजे 
- महानगरखवर

काठमाडौं । बागमति प्रदेशमा अब ७० अंक ल्याउनलाई चालक अनुमति पत्र (लाईसेन्स) दिने प्रणाली सुरु भएको छ । 


बाग्मती प्रदेशका श्रम तथा यातायात मन्त्री एकालाल श्रेष्ठले मंगलवार एक कार्यक्रमविच अंकभारमा आधारित परीक्षा प्रणालीको सुरुवात गरेका हुन ।


नयाँ निर्देशिकाअनुसार ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । पुरानो प्रणालीमा सबै परिक्षा अनिवार्य पास हुनु पर्ने प्रावधान रहेको थियो । 


नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्ने हुन्छ भने ट्रायलमा भने ७० अंक ल्याउनुपर्नेछ ।


यातायात व्यवस्था विभागले १ जेठ २०७८ बाट लागु हुने गरी अंकभारमा आधारित लाइसेन्स परीक्षा प्रणाली सम्बन्धी निर्देशिका जारी गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex