काठमाडौं । बागमति प्रदेशका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका पार्टीले समानुपातिक सांसदको सुची टुंगो लगाएको छ ।
नेपाली कांग्रेसले काठमाडौंबाट समिता खड्गी श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, याङकिला शेर्पा रुइत, शान्ता ढकाललाई पठाएको छ ।
त्यसैगरी, चितवनबाट ३ जना गीता गुरूङ, माया श्रेष्ठ, बिनु रायमाझी पौडेल लाई समानपातिक सदस्यमा चयन गरिएको छ ।
मकवानपुरकाबाट लक्ष्मीदेवी श्रेष्ठ, धादिङबाट शिवराज अधिकारी, तेह्रथुमबाट उर्मिला नेपाल, झापाबाट मीना पोखरेल र काभ्रेपलान्चोकबाट सुना परियार चयन भएकी छिन ।
एमाले काठमाडौंबाट बिन्दु श्रेष्ठ, भक्तपुरबाट सकुन्तला श्रेष्ठ राजभण्डारी, गोरखबाट दिनेशचन्द्र देवकोटा, हरिप्रसाद सापकोटा (चितवन) भारती कुमारी (मकवानपुर), अप्सरा चौलागाईं (काभ्रे मायाकुमारी कार्की (रामेछाप) लाई समानुपातिक संसदमा चयन गरिएको छ ।
त्यसैगरी, माइली तामाङ (सिन्धुपाल्चोक), सुकुमाया तामाङ (सिन्धुली), उर्मिला सुनुवार (दोलखा), आनन्दकुमार श्रेष्ठ (रामेछाप), ज्ञानबहादुर तामाङ (काभ्रेपलाञ्चोक), ठूला थामी (दोलखा) र बालकुमारी विश्वकर्मा (चितवन) रहेका छन ।
माओवादीले भक्तपुरबाट देवेन्द्र श्रेष्ठ, उर्मिलाकुमारी लामा (महोत्तरी), सुष्पा भुजेल (सिन्धुली) डोल्मा थामी (दोलखा), ईश्वर सापकोटा (चितवन), अमृता नेपाल (सिन्धुपाल्चोक), रुकु चौलागाईं (काभ्रेपलाञ्चोक) लाई समानुपातिक संसदमा पठाएका छन ।
त्यसैगरी राप्रपाले समानुपातिक सांसदको सुचिमा कुमारी तामाङ (सिन्धुपाल्चोक), आशा लामा (काठमाडौं), धनेश्वरी प्रजापति (भक्तपुर), मोनिका श्रेष्ठ (दोलखा), भुवनकुमार पाठक (काठमाडौं), लक्ष्मी घिमिरे (रामेछाप) लाई चयन गरेका कछन ।
हाम्रो नेपाली पार्टीले एक जना काठमाडौंबाट सरिता खड्गीलाई पठाएको छ भने एकीकृत समाजवादी ओमकुमारी श्रेष्ठ (लमजुङ), मायादेवी शर्मा (बागलुङ) र नेपाल मजदुर किसान पार्टीले सृजना सायजु (भक्तपुर), गीता काफ्ले (भक्तपुर) लाई समानुपातिक सांसद चयन गरेको छ ।
Categorized in राष्ट्रिय