१६ चैत्र २०८०, शुक्रबार
Header

बागमति प्रदेशमा आईतवारदेखि  लाइसेन्सको ट्रायल, ७० अक ल्याए पास


प्रकाशित: विहिवार, १५ मंसिर २०७९, १४ः४० बजे
- महानगरखवर

काठमाडौं । बागमति प्रदेशमा आईतवारदेखि सवारी चालक अनुमति पत्र (लाईसेन्स) को ट्रायल परिक्षा सुरु हुने भएको छ ।


ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयनमा ल्याउने बागमति सरकारले यस अघि निर्णय गरेको थियो । 


केन्द्र सरकारले ट्रायलमा ७० अंक ल्याए पास हुने निर्देशिका जारी गरेको दुई वर्षपछि बागमती प्रदेशले सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को ट्रायलमा अंकभार प्रणाली लागु गर्ने निर्णय गरेको हो ।


बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलका अनुसार ट्रायल परीक्षामा अंकभार प्रणाली लागू गर्ने निर्णय कार्यन्वयन हुनेछ । 


मन्त्रालयले ७० अंक प्राप्त गर्नेलाई ड्राइभिङ लाइसेन्सको ट्रायल पास हुने व्यवस्था मिलाउन सबै यातायात व्यवस्था कार्यालयहरुलाई मंसिर १४ गते परिपत्र जारी गरिएको छ । 


अब ट्रायलमा कुल १०० अंकभार मध्ये ७० अंकसम्म ल्याउने चालकले स्मार्ट लाइसेन्स पाउने छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD