२१ बैशाख २०८१, शुक्रबार
Header

बागमति प्रदेशको मुख्यमन्त्रीमा बज्राचार्यको दाबी


प्रकाशित: आइतवार, ४ चैत्र २०८०, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री हाम्रो पार्टी नेपालका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले दाबी गरेका छन । 


२ सांसद रहेको सो पार्टीको बैठकले आइतबार बागमती प्रदेश सरकारबारे निर्णय गर्न हो । 


सांसद बज्राचार्यले संघीयता रक्षाको मुख्य जिम्मेवारी पाएका दलहरूकै नेतृत्वबाट संघीयता कमजोर भएको बताउँदै आफूले नेतृत्वमा दावी गर्नु परेको बताए । 


विभिन्न समयमा आफूले समर्थन गर्दै आएको तर सधै अवमूल्यन मात्र भएको र अब आफूहरुनै सरकारको नेतृत्वको दावी गर्ने निष्कर्षमा पुगेको उनले भने । 


बागमति प्रदेशमा सरकार बनाउन ५६ सांसद आवश्यक पर्दछ । हाल ११० सांसद रहेको छन । एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी नयाँ गठबन्धनका ५५ सांसद छन ।


यस अघि हाम्रो पार्टी नेपाले शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिइराखेको थियो । 


सरकार बनाउन उक्त पार्टी निर्णायक रहेको छ । यस पार्टीका अर्का सांसद सरिता खड्गी छिन । 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD