८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बागमति प्रदेशको कांग्रेस संसदीय दलको बैठक बस्दै, सहमति नभए नेता छान्न चुनाव हुने


प्रकाशित: सोमवार, १२ साउन २०८२, १२ः२०बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको महत्वपूर्ण बैठक आज दिउँसो १ बजे हेटौंडामा बस्दैछ । 


गत शुक्रबार दल नेता बहादुरसिंह लामा तामाङविरुद्ध २१ जना सांसदले हस्ताक्षर बुझाएपछि पहिलो पटक संसदीय दलको बैठक बोलाइएको हो।


बागमती प्रदेशमा कांग्रेसका ३७ जना सांसद छन् । 


तिनीहरूमध्ये २१ जना लामाविरुद्ध उभिएका छन् भने १६ जना उनको पक्षमा छन ्। यस्तो अवस्थामा दलभित्र नेतृत्व परिवर्तनको संभावना बलियो बनेको छ ।


दलमा बढ्दो असन्तोषका बीच सभापति शेरबहादुर देउवाले सहजीकरणका लागि प्रतिनिधिसभा सांसद राजन केसीलाई खटाएका छन । केसी आइतबार नै हेटौंडा पुगेर दुबै पक्षसँग संवाद गरिरहेका छन ।


पछिल्लो राजनीतिक घटनाक्रम अनुसार, गत शुक्रबार कांग्रेसका ४ जना मन्त्रीले मुख्यमन्त्री लामा तामाङलाई राजीनामा बुझाएका थिए । तर लामाले उनीहरूको राजीनामा स्वीकृत नगरी केही घण्टामै बर्खास्त गरेका थिए, जसले विवादलाई थप चर्काएको हो ।


यदि निर्वाचन भयो भने अहिलेका दल नेता लामा र सांसद इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने देखिएको छ । 


२०७९ पुस १३ मा भएको अघिल्लो निर्वाचनमा लामाले बानियाँलाई ५ मतले हराएका थिए । तर योपटक मतको समीकरण ठ्याक्कै उल्टिएको संकेत देखिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex