२७ बैशाख २०८१, बिहिबार
Header

बागमति प्रदेशका सरकारी कार्यालयले नेवाः, तामाङमा पनि बोर्ड राख्नु पर्ने


प्रकाशित: बुधवार, १२ बैशाख २०८१, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । बागमती प्रदेशका सरकारी कार्यालयले अबदेखि नेवाः तामाङ पनि साइन बोर्ड राख्नु पर्ने भएको छ ।


प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो ।


सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार बुधबारकोे बैठकले २४ वैशाखदेखि सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय छ । 


सो अनुसार प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाल भाषा नेपाली भाषा, तामाङ भाषा र नेपाली भाषा प्रयोग गर्नुपर्नेछ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने दिन २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD