७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

बागबजार सिटिम्याक्समा सर्ट मुभि ‘बचं’ को प्रिमियर शो हुने


प्रकाशित: विहिवार, ८ फागुन २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल भाषामा तयार भएको सर्ट मुभि ‘बचं’ को प्रिमियर शो विहिवार बागबजार सिटीम्याक्स हलमा हुने भएको छ । 


मातृभाषा दिवशको अवसरमा नेवाः युटुवको लागि आर्यम नकर्मीद्धारा निर्देशित मुभि ‘बचं (वाचा) साढे ४ बजे प्रिमियर हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 


वचं (वाचा) को विषयमा केन्द्रित भएर तयार भएको फिल्मका नायिका आशिस्मा नकर्मी, नायक राजु महर्जन, प्रकाश श्रेष्ठ रहेका छन भने बाल कलाकारमा क्रिजा श्रेष्ठ रहेका छन । 


त्यसैगरी सोहन मानन्दरको सम्पादन रहेको यस मुभिमा कथा आयनकै रहेको छ ।


ए.एन इन्टरटेइनमेन्टको प्रस्तुतीमा रहेको यस चलचित्रबाट दर्शकले बचंको कथालाई मनपराईदिने विश्वास निर्माताले लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika