४ बैशाख २०८१, मंगलबार
Header

बागबजार सामुदायिक तथा प्रहरी सेवा केन्द्रद्धारा लकडाउनमा खानासँगै रक्तदान


प्रकाशित: विहिवार, २५ बैशाख २०७७, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानो वसपार्कले लकडाउनमा भोकै वस्न वाध्य भएकाहरुलाई नियमित खाना खुवाईरहेको छ । 


लकडाउनवाट प्रभावितहरुलाई विभिन्न सहयोगी दाताहरुको सहयोगमा बैशाख १८ गते देखि खाना खुवाईरहेको प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशीले जानकारी दिए । 


जोशीका अनुसार कामयाक स्कुल, टेलरिङ व्यवसायी महासंघको सहयोगमा युवा समूह वागजार र सामुदायिक सेवा केन्द्रको समन्वयमा दैनिक २५० जनालाई नियमित खना खुवाउने गरिएको छ । 


प्रहरी हवल्दार जोशीले भने,‘ यो महामाहरीको समयमा दाताहरुको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दछु । साथै खानाको व्यवस्थापनमा खटिएका युवा साथीहरुको सहयोग अतुल्नीय रहेको छ ।’


सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गीले लकडाउनमा समस्या परेकाहरुलाई यसरी खाना खुवाएर सहयोग गर्न पाएकोमा खुसी लागेको वताए । सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सहयोगको निरन्तरताको अपेक्षा समेत गरेको खड्गीले गरेको छ । 


आज (विहिवार) सेवा केन्द्रले लकडाउनमा बढ्दो रगतको अभावलाई ध्यानमा दिँदै रक्तदान समेत गरेको प्रहरी हवल्दार जोशीले जानकारी दिए । 


जोशीका अनुसार ३० जनाले रक्तादन गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD