४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बागबजार सामुदायिक केन्द्रद्वारा रक्तदान 


प्रकाशित: आईतबार, १५ असोज २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बागबजारको संयुक्त आयोजनामा आईतबार भक्तपुर बसपार्कमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 


६३ औं प्रहरी दिवसको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम ४४ जनाले रक्तदान गरेको सेवा केन्द्रका महासचिव कमरुदिन मियाँले जानकारी दिएको छ । 


समाजमा रगतको अभावलाई पुर्ति गर्न सामुदायिक केन्द्रले यस रक्तदान गरेको महासचिव मियाँले बताएका छन । 


सो रक्तदान कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गी, सामुदायिक प्रहरी सेवाका प्रहरी जवान तथा अधिकारीहरु, स्थानीय संघ, संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex