२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बागबजार क्षेत्रका होटल, लज तथा होस्टेल व्यवसायहीहरु र कामपा २८ वडा तथा सामुदायिक सेवाविच अन्तरक्रिया


प्रकाशित: मंगलवार, २१ भाद्र २०७९, १४ः०० बजे
- महानगरखबर

काठमाडौ । काठडमाडौं महानगरपालिका २८ स्थित बागबजार क्षेत्रका होटल, लज तथा होस्टेल व्यवसायीहरुसँग अन्तरिक्रया गरिएको छ ।


कामपा २८ को आयोजना तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको सह–आयोजनामा बृहत अन्तरक्रिया सम्पन्न भएको हो ।


मंगलवार विहान वडा सामुदायिक भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष भाईराम खड्गीले बागजार क्षेत्रका केही लज, होटलमा हुने अनैतिक गतिविधिहरुप्रति चिन्ता व्यक्त गरेका छन ।


उनले भने,‘ व्यवासयिक धर्मको पालना गरेर व्यवसाय गर्नुपर्दछ, अनैतिक गतिविधि हुने होटल, लजविरुद्ध प्रहरी, वडा र सामुदायिक सेवा एक भएर अघि बढ्नेछ ।’


सो अवसरमा कार्यक्रमका विशेष अतिथि सिंहदरवार प्रहरी बृतका प्रमुख डिएसपी गोविन्द पुरीले यस क्षेत्रको शान्ति, सुरक्षामा होटल व्यवसायी, नागरिक तथा सरोकारबालहरुले सहयोग गर्नु पर्ने बताएका छन ।


उनले पछिल्लो ३ हप्तामा यस क्षेत्रबाट करिब २०० जनालाई नियन्त्रणमा लिएर कार्वाही अघि बढाएको बताए । अहिले पनि केही होटल, व्यवसायहीहरुले होटलको नाममा अबैध गतिविधिहरु गरेको पाईएकोले सो गतिविधि रोक्न आग्रह गरेको थियो ।


व्यवसायीहरुले मर्यादित, सम्मानित ढंगबाट व्यवसाय गरेमात्र सुसंस्कृत समाजको निर्माण हुने हुनाले सो तर्फ ध्यान दिन डिएसपी पुरीले व्यवसायीहरुसँग अनुरोध गरेका थिए । 


साथै सुरक्षित व्यवसाय गर्न, होटलमा सिसि क्यामेरा राख्न, समाजको शान्ति, सुरक्षा खलल हुने गतिविध नगर्न समेत उनले भने । 


प्रहरीमाथि लगाएको आरोपको सन्दर्भमा उनले भने,‘प्रहरीले होटल, लजमा गएर पैसा लिने गरेको भनेर हल्ला चलाएको छ, त्यसो भने प्रमाणसहित आउनु, नत्र भने यस्तो हल्ला गरेर प्रहरीको बदनाम गर्न बन्द गर्नुस ।’ 


सो अवसरमा कार्यक्रमका अतिथि काठमाडौं महानगरपालिका सामाजिक विकास प्रमुख दिपक अधिकारीले महानगरले छिटै नागरिक आचारसंहिता ल्याउने बताएका छन ।


उनले सो सन्दर्भममा व्यवसाय गर्ने अधिकार सबैलाई छ तर समाजिक असरलाई ध्यान दिएर गर्नु पर्ने, सामाजको रितीस्थिती, अनुसाशनमा ध्यान दिनु पर्ने बताएका थिए ।

 

 


कार्यक्रमा सामुदायिक सेवाका अध्यक्ष विपेन्द्र खड्गीले बागजार क्षेत्रमा पछिल्लो समय बढेको बेथिति विरुद्ध सेवा केन्द्रले अभियान चलाउने बताए । उनले व्यवसायको नाममा हुने गैर धन्धाहरु रोकिनु पर्ने र सम्माजनक ढंगबाट व्यवसाय गर्न आग्रह गरे । 


कार्यक्रममा सहभागी होटल व्यवसायीहरुले व्यवसायीलाई मात्र एकतर्फी रुपमा दोष लगाउन नहुने तर्क राखेका थिए । 


त्यसैगरी, अन्तरक्रियाका फलोरबाट सेवा केन्द्रका उपाध्यक्ष ध्रुव खड्गी, कोषाध्यक्ष निमित्ता प्रधान शाक्य, होस्टेल व्यवसायी खगेश्वर सापकोटा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।


सो कार्यक्रममा वडा सदस्यरु विरेन्द्र महर्जन, अरुण तण्डकुार, वडा सचिव बासु र सामुदायिक सेवा प्रहरी सेवा केन्द्रका इन्चार्ज देवबहादुर केसी, प्रहरी हवल्दार हर्कराज जोशी, सेवा केन्द्र सदस्यहरु अजय खड्गी, बसन्त तण्डुकार, सहसचिव निशा अली खान, उपाध्यक्ष मिना शाह, सदस्य रोशन शाक्य लगायतको उपस्थिती रहेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex