१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बागबजारस्थित काठमाडौ मोडल कलेजमा एक विद्यार्थी मृत भेटिए


प्रकाशित: मंगलवार, ६ पुष २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । बागबजारको काठमाडौं मोडेल कलेजमा एक बिद्यार्थी मृत भेटिएका छन । 


महानगरीय प्रहरी परिसर टेकुका अनुसार कलेजको कक्षा ११ मा पढ्ने  १८ वर्षीय शुशील शहनी बाथरुममा मृत अवस्थामा भेटिएको हो । 

 


मृतकको परिवार काठमाडौं अएर पोष्टमार्डमको लागि जाहेरी दिएपछि शव उठाउने प्रहरीले बताएका छन । शहनी धेरै बेरसम्म बाथरुमबाट ननिस्किएपछि ढोका फुटाएर हेर्दा उनी मृत भेटिएको भनिएको छ । 


कलेजका विद्यार्थीहरुले शहनीको मृत्यु कलेज व्यवस्थापनको लापरवाही भएको भन्दै विहान देखिनै विरोध प्रदर्शनमा उत्रेको थियो । उनीहरुले शहनीले न्याय पाउनु पर्दछ भन्दै नारावाजी समेत गरेको थियो । 


विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि कलेज परिसरमा प्रहरी आएर नियन्त्रणमा लिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex