काठमाडौं । कान्तिपुर दैनिकले सरकारले आईतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्राथमिकता साथ प्रकाशित गरेसँगै पहिलो पृष्ठमै ‘भृकुटीमण्डपमा राजाई’ शिर्षक दिएर प्रकाशित गरेको समाचारमा बागबजारवासीले भृकुटीमण्डपका विगत स्मरण गरेका छन ।
प्रध्यापक देवी सुवेदीले विगतमा भृकुटीमण्डप रमाईलो मेला हेर्ने ठाउ, राजाधानीवासीको घुम्ने ठाउँ थियो तर अब सम्झाना मात्र सिमित रहेको भनाई राखेका छन ।
प्रध्यापक सुवेदीका अनुसार बर्षमा २/३ पटक मेला लाग्ने यस ठाउँमा राजा रानीको जन्मोत्सवमा मेला लाग्ने गरेको सुनाउँदा बागबजारका स्थानीयवासीहरुले भृकुटीमण्डपका पुराना ईतिहास ताजा गराएका छन ।
स्थानीय बागबजारका ५७ बर्षिय होमप्रसाद खड्गीले भृकुटीमण्डपमा राजा महेन्द्रको पालामा सुरु भएको मेलाको स्मरण गर्दै १० देखि २५ पैसाको टिकट काटेर प्रवेश गरिने यस ठाउँ हेर्दा हेर्दै कुरुप भएको बताउँछन ।
खड्गीको भनाईलाई समर्थन गर्दै प्रध्यापक सुवेदी भन्छन, ‘काठमाडौमा प्राकृतिक सम्पदा फर्काउनै नसकिने गरी विनाश भए ।’
बागबजारकै स्थानीय ९२ बर्षिय दानबहादुर खड्गीको भनाईमा पहिला किसानले साग, धान, तोरी रोपेको ठाउँ हेर्न रामाईलो थियो तर अब सास फेर्न कठिनाई भएको समाचारमा उल्लेख गरिएको छ ।
बीसको दशकमा खुला ठाउँ र मनोरञ्जन गर्ने स्थलका रूपमा जग्गा अधिकरण गरिएको कुल २ सय १४ रोपनी जग्गा कूनै बेला स्थानीय खड्गी र तण्डुकारहरुको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर २८ का अध्यक्षसमेत रहेका बागबजारका भाइराम खड्गीका अनुसार पशुपति पञ्चदेवल गुठी र जगनन्दन प्रकाशेश्वर गुठीको जग्गामा खड्गी र तन्डुकारको मोही थियो ।
बागबजारवासी तहसिल रहेको जग्गामा जग्गा कमाएर गुजारा चलाउने किसान परिवारलाई नगण्य मुआब्जा दिएर जग्गा अधिकरण गरिएको वडा अध्यक्ष खड्गी स्मरण गर्छन ।
धेरै परिवारको उठीवास गरिएको जग्गा अधिकरणले उदेश्य अनुसार काम नभएको खड्गीले आफ्नो भनाई राखेका छन ।
सरकारले वि.स. २०४३ सालमा यसको भोगाधिकार तत्कालीन सामाजिक सेवा समन्वय समितिलाई दिएपछि समाजले लिएपछि व्यापार प्रवद्र्धन गर्न ठूलो हल बनायो । समिति २०४९ सालमा समाज कल्याण परिषद्मा रूपान्तरण भयो ।
समाज कल्याण परिषद् अन्तर्गत भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख सञ्जयकुमार मल्लिकका अनुसार परिषदलाई समय अवधि नतोकि दिएको यस भृकुटीमण्डपले सोचे जस्तो आम्दानी गर्न सकेको छैन ।
सरकारको निर्णय अनुसार परिषदले केही समय अघि भृकुटमण्डपमा सञ्चालित फनपार्क, तरकारी बजारसँग भएको सम्झौता खारेजपछि यो विषयले चर्चा पाउँदा सबैको चासो र खोजीको विषय बनेको छ ।
परिषदले सस्तो भाडा दरमा लामो समयसम्म गरेको सो सम्झौता अस्वभाविक भएको भन्दै सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदनको आधारमा सम्झौता रद्द गरिएको थियो ।
सम्झौदा रद्द भएसँगै चर्चामा आएको भृकुटीमण्डप बारे सम्पादा बचाउ अभियान्ताहरुले पनि आफ्नो विचार राखेका क्रममा अभियान्ता सुसन वैद्यले सार्वजनिक सम्पत्तिमा रजाइँ देखिएको रजाई प्रति आफ्नो भनाइ उनले यसरी पोखे, ‘त्यहाँ भित्रभित्रै पसल किनबेच हुन्छ । एक पटक सार्वजनिक जग्गामा बसेपछि हटाउन मुस्किल हुन्छ भन्ने उदाहरण बनेको छ, भृकुटीमण्डप ।’
विषयमा २०४९ सालबाट भृकुटीमण्डपमा व्यापार सुरु भएको थियो । तत्कालीन मेयर पीएल सिंहले टुँडिखेलमा राखिएका खुला पसललाई तीन वर्षका लागि यहाँ सारेका थिए ।
२०४३ सालमै बनेको भृकुटीमण्डपको लागि गुरुयोजना कार्यन्वयनमै नआएको सो समाचारमा उल्लखे गरिएको छ ।
भूमिगत पार्किङसमेत रहने गरेर विभिन्न २१ संरचनाको डिजाइन गरिएको थियो । विभिन्न ९ जोनु मा विभाजन गरेर बनाइएको थियो, गुरुयोजना । मिनि नेपाल समेत कल्पना गरेको सो डिजाईन त्यतिकै थन्किएको छ ।
Categorized in पत्रपत्रिका