काठमाडौं । काठमाडौं महानगरपालिका मेयर उम्मेदवार सिर्जना सिंहले आईतवार बागबजारमा घरदैलो गरेका छन ।
बागबजारको एनसीसी गल्ली हुँदै मुख्य सडक, पुरानो वसपार्क, खसी बजार, ईच्छुमती लगायतको क्षेत्रमा सिर्जनाले मतदाताहरुसँग भोट माग्दै बुढापाखाहरुसँग आशिर्वाद समेत लिए ।
घरदैलो क्रममा सिर्जनलाई स्थानीयले केरा, फलफूूल लगायत सगुन समेत दिएका थिए ।
उनलाई स्वागत गर्न मतदाताहरु घरबाहिर बसेको देखिन्थ्यो । ¥यालीमा सिर्जनासँग काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठ, निर्वतमान वडा अध्यक्ष भाईराम खड्गी लगायत स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर




Categorized in स्थानिय