२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बागबजारमा निःशुल्क दन्त शिविर, २ सय बढीले पाए सेवा


प्रकाशित: मंगलवार, १७ भाद्र २०८२, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा प्रहरी सेवा केन्द्र, पुरानो बसपार्क–बागबजारको आयोजनामा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ।


ओम चावहिल डेन्टल हस्पिटलको सहकार्यमा आयोजित शिविरमा २ सयभन्दा बढीले सेवा लिएको आयोजकले जानकारी दिएको छ। शिविरमा दाँत सफा गर्ने, स्वास्थ्य परीक्षण र आवश्यक औषधि उपचार गरिएको थियो।

 


शिविरका संयोजक तथा सेवा केन्द्रका कोषाध्यक्ष रोशन शाक्यका अनुसार कार्यक्रममा दन्त स्वास्थ्य सम्बन्धी परामर्शसमेत प्रदान गरिएको थियो।


कार्यक्रम बागबजारस्थित सिद्धार्थ पब्लिक स्कुलमा सञ्चालन गरिएको हो। शिविरमा केन्द्रका पदाधिकारी तथा सदस्यहरूले स्वयंसेवकका रूपमा सहभागिता जनाएका थिए।

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर  

asteriskhubs
Home Page Bottom Second


maharjan complex